
काठमाडौं : कमै गीत तर मौलिक गीत सृजना गर्नु र गाउनु रवि कार्कीको विशेषता हो। मौलिक गायकको रुपमा छवि बनाएका रवि सांगीतिक क्षेत्रमा लागेको लामो समय भयो।
संख्यात्मक हिसाबले रविका गीत कमै छन् बजारमा तरपनि गुणस्तरीय एवम् मौलिकपनले भरिएका छन् । हालैमात्र रविले एक मौलिक गीत बजारमा ल्याएका छन् ।
‘रे रे साइँलो’ बोलको मौलिक गीत रविले शुक्रबार आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतमा रविका साथै कृष्ण केसी, दिलु मगर र जमुना रानाको सुमधुर आवाज रहेको छ।
मौलिकपनको आभाष दिने गीतको मेलोडी छ। त्यसो त शब्दहरु पनि मौलिक नै छन्। गीतमा शब्द र संगीत रविकै रहेको छ। गीत गाउनुका साथै गीत लेख्ने र भाका बनाउन पनि रवि उत्तिकै अब्बल छन् । यस् गीतको संगीत संयोजन भने कृष्ण केसीले गरेका हुन् ।
गीतको अडियो जति मौलिक छ, भिडियो झन मौलिकपनले भरिएको छ। दिनभरि घरायसी कामले थाकेपछि साँझमा रोधी बसेर माया प्रेमका गीत गाउँदै-नाँच्दै थकान मेटाउने गाउँघरको परिवेशलाई भिडियोमा देखाइएको छ।
भिडियो हेर्दा साँच्चिकै गाउँको रोधीमा भएजस्तो कल्पना हुन्छ। हेर्दा सरल छ, तामझाम छैन तरपनि आकर्षक छ भिडियो। रवि कार्की, कृष्ण केसी, अनुपा अधिकारी, दिलु मगर, दिव्यानी ओली लगायतका कलाकारहरूलाई भिडियोमा देख्न सकिन्छ।
जेरी भण्डारीले भिडियोको कथा बस्तु तयार पार्नुका साथै निर्देशन गरेका हुन्। आकर्षक फ्रेममा करण चैसीरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् । भिडियोको पब्लिसिटी डिजाइन भने सुजन कोइरालाले गरेका हुन् । भिडियो..