
काठमाडौं : लामो समयपछि चलचित्रमा अभिनयमा फर्केका चकलेटी नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ यतिबेला हलमा प्रदर्शनरत छ।

यही समयमा आर्यन नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। चलचित्रको नाम भने खुलाइएको छैन। निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा आर्यन अनुबन्धित भएका हुन्।
आर्यनसंगै अन्य २ नायिका पनि चलचित्रमा रहने बताइएको छ। नायिका भने निर्माण टिमले अझैं फ़ाइनल गरेको छैन। आगामी फागुनको पहिलो साताबाट सुटिङ्गमा जाने उक्त चलचित्रमा लक्ष्मण सुवेदीको कथा रहनेछ।
चलचित्रलाई छिरिङ टेन्डुप शेर्पा, बिजय चन्द र भुवनकुमार काफ्लेले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन्। जय माँ दुर्गे फिल्मसको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा यस अघि अभिनेता मुकुन भुसाल अनुबन्धित भईसकेका छन्।