
काठमाडौं : करिब डेढ महिना अघिबाट सुरु भएको गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को गाण्ड फिनाले आज शुक्रबार हुँदैछ। करिब ४२ हजार जनाको आवेदनबाट छानिएर १ सय २० हुँदै ६४ जनाले डिजिटल अडिसन दिएका थिए।
जस अन्तर्गत अन्तिम फाइनलमा ४ जना पुगेका छन् । कोच प्रमोदबाट योगेश मगर, कोच राजुबाट करण राई, कोच प्रविशाबाट साइल लिम्बू र कोच राजेशबाट सविना योङहाङ गरि ४ जना फाइनल चरणसम्म पुग्न सफल भएका हुन् ।
शुक्रबार राति हुने फिनालेमा को विजेता बन्ला त ? यो विषय निकै कौतुहलताको विषय बनेको छ। दर्शकले दिएको भोटको आधारमा जसले धेरै भोट पाउँछ, उसैलाई आयोजक टिमले विजेता घोषणा गर्नेछ।
विजेताले नगद राशी सहित अन्य धेरै आकर्षक पुरस्कारहरु प्राप्त गर्नेछन् । फिनालेमा बाहिरिएका अन्य प्रतिस्पर्धीहरुले समेत आफ्नो प्रस्तुति दिँदैछन्।