नेपालगन्ज : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को नेपालगन्जमा ५१ दिन उत्साहका साथ मनाइएको छ। शुक्रबारबाट आठौं हप्तामा प्रवेश गरेको ‘महापुरुष’ले आज शनिबार ५१ औं दिन पूरा गरेको छ।
शनिबार नै नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा केक काटेर चलचित्रको ५१ औं दिन मनाइएको हो। केक काट्ने कार्यक्रममा क्युएफएक्स बागेश्वरीका प्रबन्धक सन्जिव शाक्य, चलचित्र पत्रकार सँघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायत अधिकांश पत्रकारको उपस्थिति रहेको थियो।
अहिलेको डिजिटल समयमा पनि ‘महापुरुष’ले ५१ औं दिन मनाउँदा चलचित्र पत्रकारको नाताले आफुलाई निकै खुशी लागेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष पौडेलले बताए।
पौडेलका अनुसार ५१ औं दिन पुगेको अवसरमा नेपालगन्जमा स्थानीय पत्रकारहरुलाई ‘महापुरुष’ हेराइएको छ। यस् अघि व्यस्तताले हेर्न नपाएका पत्रकारले अहिले हेर्न पाउँदा खुशी भएको बताए।
‘महापुरुष’लाई नेपालगन्जमा दर्शकको अत्याधिक साथ मिलेको थियो । त्यसो त अहिले पनि नेपालगन्जमा यस चलचित्रले एउटा शो पाइरहेको छ।