काठमाडौं : त्यसो त विगत लामो समयदेखि विभिन्न व्यक्ति सँग नाम जोडिएर प्रेम सम्बन्धको चर्चा हुँदै आएपनि नायिका पूजा शर्माले भने अस्विकार गर्दै आएकी थिइन् । आफू कसैसँग प्रेम सम्बन्धमा नरहेको जवाफ पूजाको हुनेगर्थ्यो।
पछिल्लो समय भने पूजाले आफ्नो प्रेम सम्बन्ध युद्ध बानियाँसँग भएको कुरा स्विकार्दै प्रेम सम्बन्धको बारेमा खुलेर बोल्ने गर्छिन् । आफुले चाहेको जस्तो व्यक्ति युद्ध भएको पूजाले विभिन्न मिडियामा समेत भन्दै आएकी छिन् ।
तर विगतमा आफूले गलत मान्छेलाई प्रेम गरेर गल्ती गरेको महशुस पूजाले यतिबेला गरेकी छिन्। उनले एक अन्तर्वार्तामा आफूले माया गरेर विश्वास गरेको व्यक्ति विश्वासघाती निस्केको बताएकी छिन् ।
त्यति मात्रै कहाँ होर, पूजाले आफूलाई भुलेर अरुलाई माया गर्नु जस्तो गल्ती जीवनकै ठूलो गल्ती हुने पनि उक्त अन्तर्वार्तामा बताएकी छिन् ।
‘हामीले आफूलाई बिर्सेर जब अरुलाई माया गर्न थाल्छौँ नि त्यो जस्तो डेन्जर र लाइफ ड्यामेज नै हो’, पूजाले उक्त अन्तर्वार्तामा भनेकी छिन् , ‘म त भन्छु आफूलाई भलेर कहिल्यै पनि अरुलाई माया नगर्नुस्, त्यो चाहिँ लाइफकै सबैभन्दा ठूलो मिस्टेक हो।’
अब पूजाले यि सब कुरा अहिले मिडियामा भनिरहँदा पक्कै पनि विगतमा उनले अस्विकार गरेको प्रेम सम्बन्ध सत्य रहेछ भन्ने कुरा सहजै स्पष्ट हुन्छ। तर कुन व्यक्तिलाई आफूलाई नै भुलेर प्रेम गरिन् भन्ने कुरा त पूजालाई नै थाहा होला। किनकी विभिन्न व्यक्तिसँग पूजाको नाम जोडिएको थियो।
जे होस् पछिल्लो समय हटकेकको रुपमा चिनिने पूजा दर्शकको रोजाइमा पर्ने नायिका हुन्। उनले काम गरेका केही चलचित्र हिट भएपनि केही भने चलचित्र फ्लप छन् ।