काठमाडौं : झरना थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘भगवत् गीता’को नायकमा धिरज मगर अनुबन्धित भएका छन् । सुरुमा अनमोल केसी नायकको रुपमा हुने चर्चा व्यापक थियो।
अनमोलपछि धिरज मगरको पनि चर्चा नभएको भने होइन। तर धिरजले पनि केही कारण देखाउँदै यो चलचित्रमा काम नगर्ने जनाएका थिए। धिरजले नगर्ने भएपछि निर्माण टिमले नायकको खोजी गरेको थियो।
अन्ततः ‘भगवत् गीता’मा धिरज नै फाइनल भएका छन् । आइतबार धिरज र झरनाबीच सम्झौता भएको हो। अब धिरजले नायिका सुहाना थापासँग जोडी बाँध्ने छन् । सुनिल कुमार थापाको निर्माणमा बन्ने यो चलचित्र आगामी वैशाख १ गते प्रदर्शनमा आउने बताइएको छ।