काठमाडौं । कलाकार प्रमोद अग्रहरीलाई पितृशोक परेको छ । उनका बुवाको शुक्रबार राती उपचारको क्रममा निधन भएको हो ।
८६ बर्षका उनको भारतको गोरखपुर स्थित सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृत्यु लगत्तै उनलाई परासी ल्याएर अन्तिम सस्कार गरिएको छ ।
भिन्न भुमिकामा अभिनय गर्न रुचाउने प्रमोद बिगत एक बर्ष यता आफ्ना पिताको स्वास्थ्य अवस्थाका कारण कामबाट ब्रेक लिएर उपचार गराइरहेका थिए ।