काठमाडौं : यतिबेला सामाजिक संजाल टिकटक खोल्ने बित्तिकै एउटा गीत ‘फरयू पेज’मा खुब सुनिन्छ। अर्थात् उक्त गीतमा बनाइएका टिकटक भिडियो एकपछि अर्को गर्दै देखिन्छन् ।
उक्त गीत हो ‘ए होर माया’ । जुन गीत रिलिज भएको जम्मा ९ दिन भयो। रिलिज भएको छोटो समयमै गीत यसरी चर्चामा आयो कि सबैको जिब्रोमा झुन्डिन सफल भयो।
भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको यस् गीतलाई यो समाचार तयार पार्दा सम्म २७ लाख बढी भ्युज प्राप्त भएको छ। त्यत्तिकै राम्रो प्रतिक्रिया पनि गीतले पाएको छ। अडियोसँगै भिडियो पनि अत्याधिक मन परेको दर्शकको प्रतिक्रिया युट्युबको कमेम्ट बक्समा भेट्न सकिन्छ।
त्यस्तै, टिकटभरी यसै गीतको साउन्डमा मात्र भिडियो देख्न सकिन्छ । यस् गीतको साउन्डमा हालसम्म १५ लाख बढी टिकटक भिडियो बनिसकेका छन् । गीतका हरेक लाइन स्रोता दर्शकले रुचाएका छन् ।
गीतमा गायक हिमाल सागर र गायिका अन्नु चौधरीको सुमधुर आवाज सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत चाहिँ बिमल अधिकारीले सृजना गरेका हुन् ।
हिमाल र अन्नुको स्वर गीतमा निकै मिठासयुक्त सुनिएको छ। विशेषगरी प्रेमिल गीत मन पराउने स्रोता दर्शकको बढी रोजाइमा परेको छ यो गीत।
सुन्दा गीत जति प्रेमिल अनि मेलोडियस लाग्छ, भिडियो झन आकर्षक लाग्छ। भिडियोमा लोकप्रिय मोडल बिमल अधिकारी र नव मोडल सनिशा भट्टराई फिचर्ड छन् ।
सनिशाको यो डेव्यु म्युजिक भिडियो हो। उनले यसै भिडियो मार्फत अभिनयमा पाइला चालेकी छिन् । पहिलो भिडियो भएतापनि उनको अभिनय निकै अब्बल लाग्छ।
बिमल र सनिशाको केमिस्ट्री गजब देखिन्छ भिडियोमा। दुबैजनाको अभिनय जीवन्त लाग्छ।कुनै फिल्मका नायक नायिका जस्तै देखिएका छन् उनीहरू ।
त्यसो त, झट्ट सुन्दा र भिडियो हेर्दा कुनै फिल्मको गीत होकि जस्तो लाग्छ । नलागोस पनि कसरी, भिडियोको सबै पक्ष अब्बल छ।
निर्माण टिमले निकै खर्च गरेको छ भिडियोमा। लोकेशन, ड्रेस , स्टोरी, बजेट लगायतमा निर्माण टिमले कुनै कन्जुस्याइँ गरेको छैन।
भिडियोमा कथा अनि निर्देशन मौसम हिमालीको रहेको छ। प्रायः डान्सिङ म्युजिक भिडियो निर्देशनमा व्यस्त हुने मौसम पछिल्लो समय प्रेमिला कथा वस्तु मिसाइएका भिडियो निर्देशनमा पनि सक्रिय हुन थालेका छन् ।
यस् गीतको भिडियोमा पनि उनले एक प्रेमिल जोडीको कथा वस्तुलाई कलात्मक तरिकाले ‘स्क्रिन प्ले’ गराएका छन् । मौसमले अन्य भिडियो भन्दा यो भिडियोमा मिहेनत बढी गरेको आभाष हुन्छ ।
‘गीतको अडियो सुन्ने बित्तिकै मलाई निकै मन परेको हो’, निर्देशक हिमालीले भने, ‘ अडियो निकै मेलोडियस र प्रेमिल भएकोले भिडियो पनि त्यही अनुसार उत्कृष्ट बनाउने हाम्रो प्रयास हो। फिमेल मोडल नयाँ भएकोले चाहे अनुरुप अभिनय न आउने होकि भन्ने लागेको थियो। तर सनिशा जिले निकै राम्रो अभिनय गर्नुभयो। सनिशा जि नयाँ भएपनि काम गर्न निकै सहज भयो।’
भिडियोलाई करिब ३ दिन लगाएर खिचिएको निर्देशक हिमालीले बताए। लुम्बिनी , नवलपरासी र चितवनका विभिन्न आकर्षक लोकेशहरु भिडियोमा देख्न सकिन्छ। आकर्षक फ्रेममा राजेश घिमिरेले खिचेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।