काठमाडौं : नायक सलोन बस्नेतले सोमबार एयर होस्टेज करिश्मा केसीसँग लगनगाँठो कसे। चन्द्रा गिरीमा भएको सलोनको धुमधाम विवाहमा चलेका अधिकांश कलाकारहरुलाई देख्न सकिन्थ्यो।
त्यही भिडमा थिए नायिका पूजा शर्मा र नायिका वर्षा राउत। उसो त, वर्षा आफ्ना पति संजोक कोइरालाको साथमा गएकी थिइन् भने पूजा आफ्ना प्रेमी युद्ध बानियाँको साथ गएकी थिइन् ।
अरु कलाकारहरुले जस्तै पूजा र वर्षा पनि सलोनको विवाहमा रमाइलो गरेका थिए। पूजाले त आफ्ना प्रेमीसँग फोटोसुट समेत गरिन् । पूजा र युद्धका प्रेमील तस्वीर विभिन्न मिडियाबाट सार्वजनिक समेत भएका छन् ।
प्रायः आफ्नो काममा व्यस्त हुने कलाकारहरुलाई सलोनको विवाहले भेटघाट गर्ने माहोल मिलाएको थियो। झट्ट हेर्दा विवाह समारोह भन्दा भेटघाट समारोह हो कि भन्ने आभाष हुन्थ्यो।
जे होस्, धेरै सेलिब्रेटीको जमघटमा पूजा र वर्षाले एकैसाथ केही तस्वीर समेत खिचाएका रहेछन् । जुन तस्वीर पूजाले बुधबार सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् ।
वर्षासँग खुशी मुडमा खिचिएका दुई तस्वीर आफ्नो फेसबुक अकाउन्टमा सार्वजनिक गर्दै पूजाले अंग्रेजीमा एउटा क्याप्सन समेत लेखेकी छिन् ।
जुन क्याप्सनको नेपाली अनुवाद हो- ‘आफुले चाहेको जस्तो महिला बन। अरुले आशा गरेको जस्तो महिला होइन।’
आफ्नो जीवन आफुले चाहे अनुरुप जिउनुपर्छ। आफू जे बन्न चाहेको हो त्यो बन्नुपर्छ भन्ने भाव पूजाको उक्त क्याप्सनबाट के स्पष्ट हुन्छ।
सार्वजनिक दुई तस्वीरमा पूजा र वर्षा निकै खुशी देखिएका छन् । दुबैको मित्रता निकै घनिष्ठ देखिएको छ तस्वीरमा। सायद पूजाले दुबैजना संगै भएको तस्वीर पहिलोपटक सार्वजनिक गरेकी हुन् ।
तस्वीर स्रोत : हाम्रो सिनेमा