काठमाडौं : एकताका चकलेटी नायकको रुपमा छबि नायक आर्यन सिग्देल लामो समयपछि नयाँ चलचित्र मार्फत नेपाली रजतपटमा कमव्याक गर्दैछन् ।
पछिल्लो समय प्रायः म्युजिक भिडियोमै व्यस्त रहेका आर्यन चलचित्र ‘डिसेम्बर फल्स’बाट कमव्याक गर्न लागेका हुन्। जुन चलचित्रलाई दर्शकले पनि निकै चासो दिएका छन् ।
यस् चलचित्रमा आर्यनले नायिका उपासना सिङ ठकुरीसँग जोडी बाँधेका छन् । यस् दुबैले पहिलोपटक एकसाथ स्क्रिन सेयर गरेका हुन् ।
उपासना पनि पछिल्लो समय रुचाइएकी नायिका हुन् । हालसम्म रिलिज भएका उपासना अभिनित ३ चलचित्रहरु निकै हिट भएका छन् । पहिलोपटक आर्यनसँग जोडिएर काम गर्न पाउँदा निकै खुशी भएको उपासना बताउछिन् ।
त्यसो त, आर्यनले दर्जनौं बढी लभस्टोरी चलचित्रमा काम गरिसकेका छन् । आर्यन अभिनित अधिकांश चलचित्रले नेपाली बक्स अफिसमा राम्रो व्यापार समेत गरेका थिए।
त्यस्तै, उनले कमव्याक गर्न लागेको चलचित्र ‘डिसेम्बर फल्स’ पनि लभस्टोरी जनरामै आधारित रहेको छ। एक्सन र लभस्टोरी मिश्रित यस् चलचित्रको ट्रेलर केही हप्ता अगाडि रिलिज भएको थियो।
ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । ट्रेलर हेरेपछि एकखालको उत्साह दर्शकमा छाएको छ। साँच्चिकै आर्यनले राम्रै चलचित्रबाट कमव्याक गर्न लागेका रहेछन् भन्ने आभाष ट्रेलरले गराउँछ।
छुट्टाछुट्टै चलचित्रमा निकै रुचाइएका आर्यन र उपासनाको जोडीलाई ‘डिसेम्बर फल्स’मा दर्शकले एकसाथ रुचाउलान् त ? यो कौतुहलताको विषय बनेको छ।
आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यस् चलचित्रमा बिपिका खनालको कथा रहेको छ। चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।
आर्यन र उपासनाको मुख्य भुमिका रहेको यस् चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई महेश आर गुप्ताले खिचेका हुन् । त्यस्तै बनिश शाहको चलचित्रमा सम्पादन रहेको छ।