काठमाडौं : यो पटकको प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचन आइतबार सम्पन्न भएको छ। देशभरका विभिन्न स्थानमा तोकिएको मतदान केन्द्रमा मतदान गर्न योग्य एवम् मतदान परिचय पत्र भएका नागरिकहरुले उत्साहका साथ मतदान गरेका छन् ।
यसैबीच, नेपाली चलचित्रकर्मीहरुले पनि उत्साहका साथ मतदान गरेका छन् । आ-आफ्नो मतदान केन्द्रमा मतदान गरिसकेपछि अधिकांस चलचित्रकर्मीहरुले सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरेका छन् ।
महानायक राजेश हमाल, अभिनेता दिपकराज गिरी, कलाकार निर्मल शर्मा, अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला, अभिनेत्री करिश्मा मानन्धर, नायिका स्वस्तिमा खड्का, नायिका केकी अधिकारी, नायिका वर्षा राउत लगायतका कलाकारहरुका तस्वीर सामाजिक संजालमा देख्न सकिन्छ।
केही चलचित्रकर्मीहरुले सामाजिक संजालमा मतदान गरेको संकेत नङमा लगाएको निलो मसी सहितको ‘बुढीऔंले’ पोजहरु फिल्मीपत्रले संकलन गरेको छ।
यस्ता छन् केही चलचित्रकर्मीका मतदानपछिका ‘बुढीऔंले’ पोज..









