काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा निर्माताको पहिलो रोजाइमा पर्ने नायिका हुन् साम्राज्ञी आरएल शाह। त्यसो त दर्शकले अत्याधिक रुचाएकी नायिका पनि हुन् साम्राज्ञी।
साम्राज्ञी अभिनित चलचित्रहरु नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्न सफल चलचित्रको लिस्टमा गनिन्छन् । बेलाबेला बिवादमा आएपनि साम्राज्ञीको क्रेज अझै पनि उत्तिकै छ।
हाल चलचित्र ‘ह्यारी कि प्यारी’को प्रदर्शनको पर्खाइमा छिन् उनी। यस् चलचित्रमा उनले कलाकार जितु नेपालसँग जोडी बाँधेकी छिन् । आगामी माघ २० गतेबाट प्रदर्शनमा आउँदैछ यो चलचित्र ।
उनले शुक्रबार आफ्नो २७ औं जन्मदिन मनाएकी छिन् । जन्मदिनमा उनलाई शुभचिन्तकद्वारा शुभकामनाको ओइरो थियो। उनै साम्राज्ञीले शनिबार आफ्नो फेसबुक वालमा बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन् । यस्ता छन् उनले सार्वजनिक गरेका तस्वीरहरु:-