प्रभाससँगको नयाँ फिल्ममा यति करोड पारिश्रमिक लिइन् दीपिकाले

काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता प्रभाष र  बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलोपटक एउटै फिल्ममा काम गर्ने भएका छन् । नाग अश्विनले निर्देशन गर्ने फिल्ममा प्रभाष र  दीपिकाले एकसाथ अभिनय गर्ने भएका हुन् । 

प्रभास र दीपिकालाई एकसाथ पर्दामा देख्न पाउने भएपछि फ्यानहरु निकै उत्साहित भएका छन् ।  यस फिल्ममा अभिनेत्री दीपिकाले महंगो पारिश्रमिक लिएको बताइएको छ । यस फिल्ममा दीपिकालाई २० करोड पारिश्रमिकसहित अनुबन्ध गरिएको बतायइएको छ । 

यस फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान गरिएको छ । फिल्म आउने बर्षको अप्रिलदेखि छायाँकनका लागि फ्लोरमा निस्काने जनाइएको छ । 

प्रतिक्रिया

TOP