
नेपालगन्ज : आगामी शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेपनि हलमा दर्शकको झन अत्याधिक साथ पाएको चलचित्र हो ‘महापुरुष’। जुन चलचित्रबाट नायिकाको रुपमा डेव्यु गरेकी हुन् अन्जना बराइलीले।
धादिङमा जन्मिएकि अन्जना सानैबाट कलाकारितामा रुचि राख्थिन् । फेसन मोडल हुँदै म्युजिक भिडियोमा जमेकी अन्जनाको ठूलो पर्दामा आउने ठुलै रहर थियो।
अन्ततः अन्जनाको ठूलो पर्दामा आउने ठूलो रहर पूरा गरिदियो चलचित्र ‘महापुरुष’ले। यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी अन्जनाको यतिबेला अभिनयको तारिफ भइरहेको छ।
डेव्यु चलचित्र भएपनि अन्जनाले ‘महापुरुष’मा अब्बल अनि जीवन्त अभिनय गरेकी छिन्। अब्बल निर्देशक प्रदीप भट्टराईको लेखन एवम् निर्देशन रहेको यस् चलचित्रले यतिबेला नेपाली बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।
अब अन्जनालाई अन्य राम्रा चलचित्रको अफर आउने पक्का छ। हेर्दा आकर्षक एवम् सुन्दरी लाग्ने उनै नायिका अन्जना बराइलीका फिल्मीपत्रकर्मीले केही आकर्षक तस्वीर खिचेका छन् । ति तस्वीर यस्ता छन् :-







