ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसरमा पछिल्लो समयका लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ तीज गीत रिलिज भएको छ।
मंगलबार सार्वजनिक “चोरेको भाले” बोलको गीतमा टंक तिमिल्सिना र दिनेश केसीको आवाज रहेको छ। दिनेश केसीले गीतको शब्द लेखेको हुन् भने संगीत कलेक्सन पनि दिनेशलेनै गरेका छन् ।
पछिल्लो समय बजारमा आइरहेका गीतहरू मध्ये यो गीत फरकखालको रहेको छ। गीतको अडियो सुन्दा जोकोहीलाई नाँचौ नाँचौ लाग्छ। गीतको अडियो एकदम उत्कृष्ट छ।
गीतको अडियोसंगै भिडियो पनि त्यतिकै धमाकेदार अनि आकर्षक बनेको छ। भिडियोमा टंक तिमिल्सिनाका अलवा जिवी चिरन, गीता ढुंगाना, नारायणी खत्री र अविशेक खड्का फिचर्ड छन् ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन, प्रकाश खड्काले छायांकन अनि मिलन विश्वकर्माले रंग संयोजन एवम् सम्पादन गरेका हुन् । भिडियो टंक तिमिल्सिनाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो। हेर्नुस् भिडियो..