
काठमाडौं : पछिल्लो समय युवापुस्ताका लोकप्रिय गायक प्रकाश दुतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि केही हप्ता अधि अष्ट्रेलिया पुगेका दुतराजले गएराति करिब २ बजेतिर आफू सुत्ने कोठामा झुन्डिने प्रयास गरेको आयोजक स्रोतले जनाएको छ।
आयोजकले राखेको एक फ्ल्याटको कोठामा झुन्डिनै लाग्दा गायिका भुमिका गिरीले बचाएको बताइएको छ। ढोका खुल्लै भएका कारण भुमिकाले अर्को कोठाबाट देखेर छिटो छिटो आत्महत्या गर्नबाट दुतराजलाई बचाएको स्रोतले बताएको छ।
सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० मा नेपालबाट गायिका भुमिका गिरी र गायक प्रकाश दुतराज अष्ट्रेलिया पुगेका थिए। अष्ट्रेलियामा केही ठाउँमा कार्यक्रम गरिसकेका दुबैको अब केही काम सकाएर केही दिनपछि नेपाल फर्किँदै थिए।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘जाम भो माइली’, ‘रेलिमाई’ , ‘मन भुल्छ’ लगायतका लोकप्रिय गीत दर्शकमाझ पस्किन सफल गायक दुतराजले किन आत्महत्या प्रयास गरे भन्ने कारण बाहिरिएको छैन।
केही हप्ता अघि मात्रै भुमिकासँग प्रकाशले नयाँ गीत ‘देउरालीमा’ बजारमा ल्याएका थिए। जुन गीत यतिबेला चर्चामा छ।
