नेपालगन्ज : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’को टिम यतिबेला नेपालगन्ज आइपुगेको छ। नेपालगन्जका दर्शकसँगै बसेर चलचित्र हेर्न र प्रतिक्रिया लिन चलचित्र टिम बुधबार नेपालगन्ज आइपुगेको हो।
चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री , अन्जना बराईली र चलचित्रका पब्लिसिटी एवम् पोस्टर डिजाइनर रोयल भिमसेन बुधबार नेपालगन्ज आइपुगेका हुन् । टिमसंगै चलचित्रका कलाकार हरिवंश आचार्य पनि नेपालगन्ज आउने कुरा थियो। तर हाल हरिवंश अमेरिकामा भएको भएर आउन सकेनन् ।
टिमले आज दिउँसो २ बजे नेपालगन्जको क्युएफएक्स बागेश्वरीमा पुगेर दर्शकसँगै चलचित्र हेर्ने बताइएको छ। चलचित्र हेरेपछि दर्शकको प्रतिक्रिया समेत चलचित्र टिमले लिनेछ।
बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म यस् चलचित्र तान्न सफल भएको छ। दर्शकको साथा दिनानुदिन बढ्दै गएपछि चलचित्रको टिम विभिन्न हलमा पुगेर दर्शकसंग भेट्ने र प्रतिक्रिया लिने काम पनि गरिरहेको छ।
दर्शकसंगको भेटघाटसंगै ‘महापुरुष’ टिमले नेपालगन्जका मिडियाकर्मीहरुसंग समेत भेटघाट गर्ने बताइएको छ।