नेपालगन्ज : गत शनिबार सम्पन्न सौर्न्दर्य प्रतियोगिता ‘फेस अफ नेपालगन्ज सिजन ३’ले आफ्नो सफलताको उत्सव मनाएको छ।
लगातार तेस्रो सिजनसम्म सफलता हात पारेको ‘फेस अफ नेपालगन्ज’ टिमले तेस्रो सिजन सिजन पनि सफल भएकोमा खुसी साट्दै गेटटुगेदर गरेको हो।
पिके इभेन्टको आयोजनामा सम्पन्न यो प्रतियोगिता सोचेअनुरुप सम्पन्न भएको आयोजकको भनाइ छ। अब अर्को इभेन्टको तयारीमा टिम जुटेको पनि आयोजकले जनाएको छ।
पिके इभेन्टका फाउन्डर प्रकाश कुँवरका अनुसार २०८० साल वैशाखमा ‘मिस्टर एन्ड मिस एसईइ नेपालगन्ज’ आयोजना हुँदैछ। एसईई दिएर बसेका क्षमतावान विद्यार्थीहरु, जसले सौन्दर्य प्रतियोगितामा रुचि राख्छन्, त्यस्ता विद्यार्थीलाई लक्षित गर्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ।
नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा शनिबार भएको ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै सुभम र अलिशा ‘फेस अफ नेपालगन्ज ३’का विजेता बन्न सफल भएका थिए।