नेपालगन्ज : प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको चलचित्र ‘महापुरुष’ले यतिबेला हलमा दर्शक तान्नुको साथै आक्रमक व्यापार समेत गरिरहेको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको यस् चलचित्रले २ दिनमा करिब २ करोड ५० लाख कमाएको निर्माण टिमले जनाएको छ।
तिहारको छेको पारेर प्रदर्शन गरिएको यस् चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ। शुक्रबार , शनिबार र आइतबार गरि ३ दिन लगातार बिदा हुँदा चलचित्रले बिदाको भरपुर फाइद इठाएको छ।
प्रदर्शनको दिन शुक्रबार १ करोड ग्रस कलेक्सन गरेको चलचित्रले शनिबार करिब १ करोड ५० लाख गरि २ दिनमा अढाई करोडको व्यापार गर्दै लगानी सुरक्षित गरेको बताइएको छ।
चलचित्रको सबै पक्ष उत्कृष्ट रहेकाले थप दर्शकको संख्या हलमा बढ्ने आँकलन गरिएको छ। चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अन्जना बराइली, गौरी मल्ल, अरुन क्षेत्री, राजाराम पौडेल , रबिन्द्र सिङ बानियाँ लगायतको अभिनय रहेको छ।