
नेपालगन्ज : आज शुक्रबारबाट बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’ देशभर प्रदर्शनमा आएको छ। ट्रेलर आउट भएसंगै दर्शकको पर्खाइमा रहेको चलचित्रलाई अब दर्शकले हलमा हेर्न सक्नेछन् ।
मोफल टुरसंगै व्यापक प्रचारप्रसार गरिएको ‘महापुरुष’ले प्रिमियरमा एकदम राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियर शो हेरेका सबैले चलचित्रले हसाउँदा हसाउँदै कतिबेला रुवाउँछ थाहै नहुने प्रतिक्रिया दिएका थिए।
‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।