काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड तिहार यो वर्ष देशभर धुमधामका साथ मनाइएको छ। नेपालमा मात्र नभएर बिदेशमा समेत तिहारको पाँचौ दिन बिहीबार भाइटिका लगाउने काम गरिएको छ।
यसैबीच, नेपालका कलाकारहरुले समेत भाइटिका लगाएर तिहारको पाँचौ दिन मनाएका छन्। हरिबंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, अनमोल केसी, केकी अधिकारी, प्रमोद खरेल,पूजा शर्मा, वर्षा राउत, वर्षा शिवाकोटी लगायतका कलाकारहरुले भाइटिका लगाएका छन् ।
भाइटिका लगाएपश्चात धेरै कलाकारहरुले तस्वीर सामाजिक संजालमा सार्वजनिक समेत गरेका छन् । तिहारको सबै नेपालीलाई शुभकामना दिँदै नेपाली कलाकारहरुले सार्वजनिक गरेका भाइटिकाका तस्वीरहरु यस्ता छन् :-