काठमाडौं : आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरुष’ टिमले यतिबेला प्रचारप्रसारलाई तिव्रता दिएको छ।
केही हप्ता अघि मोफसल टुर सकेर काठमाडौंमा पत्रकार विशेष भेटघाट गरेको टिमले शनिबार साँझ देउसी भैलो कार्यक्रम पनि गर्यो।
काठमाडौं स्थित बानेश्वरमा इन्द्रेणी टिमको सहकार्यमा फिल्मका सम्पुर्ण कलाकार उपस्थित भइ देउसी भैलो खेलेर रमाइलो गरेका थिए।
देउसी भैलो कार्यक्रमको प्रस्तुतकर्ता भने रेडियो अडियो हो। उक्त कार्यक्रममा विभिन्न संगीतकार एवम् कलाकारहरु साथै दर्शकहरुको समेत उपस्थिति रहेको थियो।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री,अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।