
काठमाडौं : छायांकन सुरु हुँदै गर्दा केही महिना अघि छायांकन स्थगित भएको चलचित्र ‘प्रसाद २’को नायिकामा केकी अधिकारी भित्रीएकी छिन् ।
केकीलाई नायिका नम्रता श्रेष्ठको ठाउँमा भित्र्याइएको निर्माण टिमले जनाएको छ। निर्माण टिम र कलाकार टिमबीचको असमझदारीका कारण छायांकन रोकिएको संगै नायिका नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीले ‘प्रसाद २’मा काम नगर्ने हल्ला बाहिरिएको थियो।
अन्ततः अहिले कलाकार र निर्माणटिमबीच आपसी समझदारी भइसकेको छ। तर नम्रताले भने चलचित्रमा काम नगर्ने भएपछि निर्माण टिमलाई कुन नायिका राख्ने भनेर सकस भएको थियो।
केकीलाई फाइनल गरेपछि निर्माण टिमको नायिका खोजीको सकस हटेको छ। चलचित्रको छायांकन मंसिरबाट सुरु गरिने पनि निर्माण टिमले जनाएको छ।
चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय रहनेछ। चलचित्रलाई सुशील पौडेलेले लेखेका छन् ।
‘प्रसाद’ले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको थियो। अब ‘प्रसाद २’लाई दर्शकले कत्तिको साथ दिन्छन् त्यो त रिलिजपछि नै थाहा होला।
