
काठमाडौं : नेपाली चलचित्र जगतका महानायक राजेश हमाललाई सिक्किममा भव्य स्वागत गरिएको छ। सिक्किमको खाम्दोङमा आयोजित ‘७५ औं सोनामती ज्ञान महोत्सव’मा सहभागी हुन पुगेका महानायक हमाललाई भव्य स्वागत गरिएको हो।
मौलिक पन्चेबाजा सहित खादा अनि फुलमालाले केक काट्दै महानायक हमाललाई आयोजक टिमले शनिबार स्वागत गरेको हो। आयोजक टिमको भव्य स्वागतलाई महानायक हमालले धन्यवाद समेत दिएका थिए।
त्यसो त, महानायकसंगै नेपालबाट गएका आधा दर्जन बढी कलाकारहरुलाई पनि आयोजक टिमले स्वागत गरेको थियो।
उक्त महोत्सवमा नेपालबाट प्रस्तुति दिनको लागि महानायक राजेश हमाल, गायक बाबू बोगटी, गायक एसकुमार, अस्मिता अधिकारी, कमेडियम सुमन कार्की लगायतका कलाकारहरुले यही अक्टोबर १५ र १६ गरि दुई दिन भव्य प्रस्तुति दिएका थिए।
तस्वीर स्रोत : न्युज फिल्मी