काठमाडौं : नेपाली बक्स अफिसमा सुपुरहिट बनेको चलचित्र ‘नाईं नभन्नु ल’को छैठौं सिरिजको छायांकन हुनेभएको छ। निर्माण टिमले ‘नाईं नभन्नु ल ६’ बनाउँने भनेर घोषणा गरेदेखिनै यो चलचित्र प्रतिक्षित बनेको थियो।
अन्ततः चलचित्र आगामी बिहीबारदेखि छायांकनमा जाने निर्माण टिमले जनाएको छ। काठमाडौंको एक बिधालयबाट छायांकन सुरु हुने चलचित्रमा नायिका आँचल शर्मा र नव नायक आशीर्वाद क्षेत्रीको प्रेम अनि रोमान्स रहने बताइएको छ।
आशिर्वाद नेपाली चलचित्र क्षेत्रको लागि नयाँ अनुहार हुन् । उनले यसै चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गर्दै छन् । चक्लेटी लुक्स अनि फिट ज्यान भएका आशिर्वादले नायिका आँचल शर्मासँग पहिलोपटक स्क्रिन सेयर गर्दैछन् ।
चलचित्रलाई विकाश आचार्यले निर्माण र निर्देशन गर्दैछन् । बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई चलचित्रमा समावेश गरिएको बनाइएको छ।
चलचित्रको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् ।चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।
निर्माण टिमका अनुसार चलचित्रमा ९ वटा गीत रहनेछन् । गीतमा वसन्त सापकोटा र भुपेन्द्र रायमाझीको संगीत रहनेछ।
आँचल र आशिर्वादका अलवा चलचित्रमा अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहनेछ।
यस् अघिका ५ वटै सिरिज बकस अफिसमा सफल भएको ‘नाईं नभन्नु ल’को छैठौं सिरिज अनि आँचल र आशिर्वादको जोडी दर्शकले कत्तिको रुचाउँछन् त्यो त प्रदर्शन मिति कुर्नुपर्ने नै हुन्छ।