काठमाडौं : नायिका सुहाना थापाले चलचित्र ‘ए मेरो हजुर ३’बाट अवार्ड पाउन सफल भएकी छिन् । अमेरिकामा सम्पन्न ‘पाँचौ एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी सुहानालाई अवार्डले थप खुशी दिलाएको छ।
यस् वर्ष रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अवार्ड प्राप्त गरेपछि सुहानाले श्रस्टा नरहे संस्कार नरहने बताएकी छिन् । आफ्नो फेसबुक अकाउन्टमा एक मनछुने स्टाटस लेख्दै सो कुरा बताएकी हुन् ।
अवार्ड प्राप्त गरेका केही तस्वीरहरु सार्वजनिक गर्दै उनले लेखेकी छिन्–‘श्रष्टा नरहे संस्कार रहन्न, संस्कार नरहे सम्मान रहन्न । त्यो सम्मानको रिती नरहे, मानवता अनी मानवियतामा नै प्रश्न चिन्ह आउने हो कि । अनी अस्तित्वमाथि नै कहिले नमेटिने दाग लाग्ने पनि ? हामीलाई बाटो देखाउने तिनै अग्रजहरुलाई नमन ।’
समग्रमा उनको यो स्टाटसको भाव चाहिँ अग्रजलाई सम्मान गर्नुपर्नेनै हो। विशेषगरी नेपाली कला क्षेत्रमा अग्रजलाई सम्मान गर्ने परम्परा हराउँदै गएको छ।
सुहाना आमा झरना थापासँग अमेरिका पुगेकी हुन् । हाल पनि सुहाना अमेरिकामै छिन् । डेव्यु चलचित्रबाटै चर्चामा आएकी सुहानाले हालसम्म होम प्रोडक्सनका चलचित्रमा मात्रै काम गर्दै आइरहेकी छिन् ।