काठमाडौं : विगत लामो समयदेखि संचार क्षेत्रमा सक्रिय संचारकर्मी हुन् रतन देवकोटा। हाल ग्यालेक्सी फोरके टेलिभिजनमा कार्यरत रतन जति राम्रो बोल्छन् , त्यतिनै मीठो गीत गाउँछन् पनि।
गायनलाई पनि अगाडि बढाइरहेका छन् रतनले पछिल्लो समय। प्रायः देउडा गीत गाउन रुचाउने रतनले आफ्नो आवाजमा आधा दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् ।
यसैबीच, रतनले फेरि अर्को नयाँ गीत बजारमा ल्याएका छन् । केही दिन अघि रतनले आफ्नै युट्युब च्यानलबाट ‘रुपस्या जोवन’ बोलको नयाँ गीत रिलिज गरेका हुन् ।
जुन गीतमा रतनको सुमधुर आवाज सुन्न सकिन्छ। रतनलाई गायनमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतको शब्द संगीत भने रतन स्वयंले तयार पारेका हुन् ।
मौलिक लोक देउडामा आधारित उक्त गीत सुन्दा मेलोडियस लाग्छ। रतनको आवाज पनि प्रोफेसनल गायकको जस्तो सुनिएको छ। यो गीत सुन्दा साँच्चिकै रतन गायनमा पनि अब्बल भएको आभाष हुन्छ।
रतनका अनुसार ‘रुपस्या’ को अर्थ गुणले भरीपुर्ण हो । मन्दिरमा देवताको सेवकका रुपमा चढाइएकि रुप र गुणले भरिएकि देउकी अर्थात् झुमालाई सहरबाट गाउँ फर्केको केटाले मन पराउँछ । र जीवनभरी प्रेममा समर्पित हुने संकल्प गर्छ तर देउकीको लागि विहे तथा प्रेम गर्नु बर्जित हुन्छ ।
पश्चिम नेपालको सेती र महाकाली क्षेत्रका मन्दिरहरुमा देवी देवताको सेवा गर्न कन्या (विहे नगरिएकी) केटी चढाउने प्रचलन छ।
यसरी चढाइएकी कन्यालाई देउकी नामले पुकारिने प्रचलन देउकी प्रथा हो । कुनै पनि महारोग लागेमा सञ्चो गरिदेऊ भन्दै भाकल गर्ने, छोरा नभएमा छोरा देऊ भनी भाकल गर्ने, मुद्दा जित्नु परेमा तथा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा र गरिएको कुनै भाकल छ भने पूरा होस् भनि आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिकालाई किनेर देवी र देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरुको विवाह गर्न नहुने चलन छ। यही कुरा भिडियोमा देखाइएको छ।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियो कलाकार नम्रता सापकोटा र चक्र बम फिचर्ड छन् । चक्र र नम्रताको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।
भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । आकर्षक फ्रेममा नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।
रतनले आफ्नै नयाँ युट्युब च्यानल सुरु गरेर गीत रिलिज गरेका हुन् । नयाँ च्यानल भएपनि गीतलाई राम्रो भ्युज मिलेको छ युट्युबमा।
त्यसो त, गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ। सयौं सकारात्मक कमेन्टले युट्युबको कमेन्ट सेक्सन भरिएको छ। गीतको अडियो एवम् भिडियो दुबै पक्ष उत्कृष्ट रहेको हेर्ने दर्शकको प्रतिक्रिया छ। भिडियो..
फिल्मीपत्र
प्रतिक्रिया