नेपालगन्ज : शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’लाई दर्शकको साथ बढ्दो छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् चलचित्रलाई देशभरका हलहरुमा राम्रो शो दिइएको छ।
झरिका कारण शुक्रबार दर्शकको साथ पाउन नसकेको यस् चलचित्रलाई शनिबार भने देशभर दर्शकको राम्रो साथ मिलेको छ।
यसैबीच, नेपालगन्जको बागेश्वरी क्युएफएक्स सिनेमाजमा पनि शनिबार चलचित्रले दर्शकको राम्रो साथ पाएको छ। शनिबारका अधिकांश शोहरु दर्शकको संख्याले भरिभराउ भएका थिए।
शनिबारको साँझको शो त लगभग हाउसफुल जस्तै भएको थियो नेपालगन्जमा। पानी नपरे आइतबार पनि दर्शकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
दिपेन्द्र लामाले निर्देशन गरेको यस् चलचित्रमा दयाहाङ , सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ ।
ग्रामीण भेगमा हुर्किएका २ गाउँले साथीले कालिजको सिकार गर्दा जीवनमा आउने उतारचढावको कथालाई चलचित्रमा उठान गरिएको छ। चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
त्यस्तै, चलचित्रको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह-निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।
रामजी लामिछानेको कोरियोग्राफी, सुजन प्रजापतिको छायांकन अनि निमेष श्रेष्ठको सम्पादन रहेको छ।