काठमाडौं : आज शुक्रबारबाट हलमा चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन चलचित्रले राम्रै ओपनिङ समेत गरेको छ।
तर केही दिनदेखिको अबिरल वर्षाका कारण भने अधिकांश दर्शक हल जान पाएका छैनन् । हलसम्म जानको लागि वर्षाले दर्शकलाई धेरै सास्ती दिइरहेको छ।
काठमाडौं उपत्यकामा भने शुक्रबार दिउँसो केहीवेर घाम लागेपछि हलमा ‘दुई नम्बरी’ हेर्न जाने दर्शकको संख्या बढ्दो छ। हेरिसकेका दर्शकले पनि चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । सोचेजस्तो ओपनिङ हुन नसकेपनि दर्शकको साथ बढ्नेमा निर्माण टिम ढुक्क छ।
यसैबीच, चलचित्रकी नायिका उपासना सिंह लगायतको टिम शुक्रबार काठमाडौंका केही हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेको थियो। उपासनाले त दर्शकसंग भेटेर सेल्फी समेत लिएकी छिन् ।
एकैछिन अगाडि पर्दा देखेका कलाकारलाई आँखा अगाडि प्रत्यक्ष हेर्न पाउँदा दर्शक पनि उत्साहित देखिन्थे। जे होस्, उपासनासँगै नायक सौगात मल्ल, दयाहाङ राइ लगायतको टिम पनि सहभागी भईदिएको भए सायद अझै उत्तम हुनेथियो।