काठमाडौं : नेपालीहरुको महानचाड विजया दशमीको दशौं दिन बुधबार देश लगायत विदेशमा भएका नेपालीहरुले उत्साहका साथ मनाएका छन् ।
अगाडिका मान्यजनको हातबाट जमरा र टीका ग्रहण गरेर आशिर्वाद लिइ दशैको दशौँ दिन मनाइएको छ। देशभर परेको अबिरल वर्षाका कारण प्रभावित भएपनि घर-घरमा टीका जमरा लगाएर आशिर्वाद लिने काम दिनभर जारी रह्यो।
यसैबीच, नेपाली सेलिब्रेटी एवम् कलाकारहरुले पनि टीका जमरा लगाएर दशै मनाएका छन्। आफन्तसंग टीका जमरा लगाइसकेपछि अधिकांस सामाजिक संजाल फेसबुक र इन्टाग्राममा फोटो पोस्ट समेत गरेका छन् ।
यसैबीच, मोडल उषा उप्रेतीले पनि सामाजिक संजाल फेसवुकमा दशैंमा टीका जमरा लगाएका तस्वीर सार्वजनिक गरेकी छिन् ।
अब हेरौं मोडल उषा उप्रेतीले सार्वजनिक गरेका दशैं विषेश तस्वीरहरु:-