
काठमाडौं : सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ युट्युबमा रिलिज गरिएको छ। दशैंको छेको पारेर ‘बुढासुब्ब डिजिटल’को युट्युब च्यानलबाट शनिबार चलचित्र रिलिज गरिएको हो।
नायक पल शाह र नायिका पूजा शर्मा स्टारर उक्त चलचित्र गत फाल्गुनमा रिलिजमा आएको थियो। चलचित्रले दर्शकको राम्रो साथ पाएको थियो। बक्सअफिसका अनुसार चलचित्रले कमाई पनि राम्रो गरेको थियो।
प्रेम कथामा आधारित चलचित्रमा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, रोनिका रोकाय लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ।
चलचित्रमा सुदर्शन थापाकै कथा रहेको छ। एउटा प्रेमिल जोडीको प्रेम जीवनमा आउने उतारचढावको कथामा आधारित चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।
सुदर्शन र पूजा चलचित्रका निर्माता हुन् भने जन्म जय साम्पाङ राई चलचित्रका सह-निर्माता रहेका छन् । चलचित्रमा सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन एवम् रामजी घिमिरेको कोरियोग्राफी रहेको छ।
त्यस्तै, अर्जुन पोखरेलको संगीत चलचित्रमा रहेको छ। अस्मिता अधिकारी, सोनम तोप्डेन लगायतले यस् चलचित्रको गीतमा आवाज दिएका छन् ।युट्युबमा रिलिज भएसंगै हलमा हेर्न जान नपाएका दर्शकहरु खुशी भएका छन् । पूरा चलचित्र..