काठमाडौं : यतिबेला नेपाल लगायत विश्वभर प्रदर्शनरत चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। दर्शकको अत्याधिक साथ बटुल्दै चलचित्रले राम्रो आम्दानी समेत गर्न सफल भएको छ।
देशमा मात्रै नभएर चलचित्रलाई विदेशमा पनि उत्तिकै साथ मिलेको छ दर्शकको। प्रदीप खड्का र कृष्टिना गुरुङको जोडीलाई अतिनै रुचाइएको छ।
पहिलो सातामा शो’हरु हाउसफुल थिए।भने, दोस्रो हप्तामा पनि सोही प्रक्रिया निरन्तर छ। नेपाली र हिन्दी दुबै भर्सन हेर्न आउने दर्शकको संख्या बड्दो छ।
आज शुक्रबारबाट बलिउडका दुई ठुला चलचित्र ‘विक्रम वेधा’ र ‘पिएस-वान’संगै नयाँ नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएका छन् । तरपनि दर्शकको साथ ‘प्रेमगीत ३’लाई छ।
हलहरुमा दर्शकको साथ हेर्ने हो भने ‘प्रेमगीत ३’ले तिहारसम्म हलमा कब्जा जमाउन सक्ने आँकलन गरिएको छ।