
नेपालगन्ज : आगामी असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’को टिम यतिबेला देशका प्रमुख शहरमा यात्रा गरिएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा टिम अहिले प्रचारप्रसारको क्रममा देशका मुख्य शहरमा पुगेको हो।
यसैबीच, चलचित्रको टिम शुक्रबार नेपालगन्जमा पुगेर पत्रकारसँग भेटघाट गरेको छ। नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा पुगेर हल भिजिट समेत टिमले गरेको थियो।
पत्रकारसँगको कुराकानीमा चलचित्रका निर्माता तथा कलाकार सन्तोष पन्तले चलचित्र ‘हिजो आजका कुरा’ कहिल्यै पुरानो नहुने चलचित्र भएको बताएका छन् । ‘सदाबहार कथालाई नै चलचित्रमा उठान गरिएको छ’, उनले भने, ‘सबैको जीवनमा मिल्ने कथा दर्शकले चलचित्रमा देख्न पाउनेछन। एकपटक सबैले हेर्नुपर्ने चलचित्र बनेको छ।’
त्यसो त, चलचित्रकि नायिका ऋचा शर्मा, निर्देशक साकार पन्त, कलाकार रमा थपलिया, दिव्यदेव पन्त लगायतका कलाकारहरु पनि नेपालगन्ज आएका थिए। सबैले चलचित्र राम्रो बनेको धारणा व्यक्त गरेका थिए।
नेपालन्जको भाटभटेनीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरु देख्न पाउँदा ग्राहकहरु पनि खुशी देखिन्थे। किनमेल गर्न आएका ग्राहकहरुले कलाकारसंग सेल्फी समेत लिएका थिए।

अधिकांश ग्राहकले पहिला टेलिभिजनमा आउने ‘हिजो आजका कुरा’ सिरियलका कलाकारलाई प्रत्यक्ष देख्न पाएकोमा खुशी लागेको बताएका थिए।
मानादेवी न्यौपानेको लेखन रहेको चलचित्रमा ऋचा शर्मा, रमा थपलिया, देव्यदेव पन्त, रिमा विश्वकर्मा, स्वर्गीय जयनन्द लामा लगायतको समेत चलचित्रमा अभिनय रहेको छ।
चलचित्रका सार्वजनिक गीतहरुले दर्शककोअन अत्याधिक जितेका छन् । उसो त दर्शकले पनि गीतहरु धेरै लोकप्रिय समेत बनेका छन् । अब चलचित्र कत्तिको रुचाइन्छ, त्यो त रिलिज मिति कुर्नुपर्ने नै हुन्छ।