नेपालगन्ज : बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ आगामी शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शन हुँदैछ। नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने लागेको चलचित्रको बुकिङ खुलेको छ।
बुकिङ लगत्तै अधिकांश हलहरु हाउसफुल समेत भइसकेका छन् । यसैबीच, नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा पनि बुधबारबाट बुकिङ खुल्ल गरिएको छ।
नेपालगन्जमा रिलिजको पहिलो दिन शुक्रबार ४ शो दिइएको छ। विहान ८:१५ र ११:१५ दिउँसो २ र राती ८ बजेको गरि ४ शो दिइएको हलका प्रन्धक सन्जिव शाक्यले जानकारी दिए।
दर्शकको चाप बढेको खण्डमा अझै शो’हरु थप्दै गइने प्रबन्धक शाक्यको भनाई छ। त्यसो त, नेपालगन्ज आसपासका अधिकांश दर्शकको बुकिङ कहिले खुल्छ होला भनेर पर्खाई रहेको थियो।
सुपर स्टार प्रदीप खड्का र नव नायिका क्रीष्टीना गुरुङको जोडीलाई हेर्न दर्शकहरु निकै आतुर छन् । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रले आक्रमक व्यापार गर्ने अनुमान गरिएको छ।