
काठमाडौं : लोकप्रिय गीतकार केशव पौडेलको प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज ‘इत्ती भयो कुराउनी’ बोलको गीतमा लोकप्रिय गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको सुमधुर आवाज रहेको छ।
गीतमा केशव पौडेलकै शब्द रहेको छ।भने, संगीत चाहिँ अब्बल एवम् लोकप्रिय सर्जक खेम पुनले दिएका छन् । गीतको म्युजिक अरेन्ज चाहिँ यान थापा मगरले गरेका हुन् ।
गीतको अडियोसंगै भिडियो पनि गजव बनेको छ। भिडियोमा लोमश शर्मा र रिना थापा मगरको अभिनय रहेको छ। भिडियोलाई प्रविण थापाले निर्देशन, राजेश घिमिरेले छायांकन अनि प्रविण भट्टले सम्पादन गरेका हुन् ।