काठमाडौं : तन अमेरिका तर मन भने निरन्तर नेपाली गीत संगीतमै। अझ भनौं मौलिक लोक तथा दोहोरी गीत सृजनामै मन अनि मस्तिष्क । यस्तो स्वभाव भएका सर्जक हुन् उनै खेम पुन।
खेमले अमेरिकालाई कर्मथलो बनाएको झन्डै आधा दशक बढी भयो। जति उनको बसाई प्रवासमा लम्बिँदै गयो, उति नै खेम गीत संगीतमा सक्रिय छन् । आवाज पनि मीठो भएका खेमले आफ्नो सांगीतिक यात्राको दौरानमा सृजना र गायन कार्यलाई सँगसँगै अगाडि बढाए।
दर्जनौं बढी मौलिक लोक तथा दोहोरी गीतमा सुमधुर आवाज दिइसके उनले। तर पछिल्लो समय भने गायनमा भन्दा मेलोडी सृजनामा बढी सक्रिय खेम। उनले सयौं गीतमा आफ्नो मौलिक मेलोडी भरिसकेका छन् ।
तिनै सयौं गीत मध्ये नयाँ ‘सलल पानी’ बोलको गीत पनि एक हो। जुन गीत शुक्रबार मात्रै रिलिज भएको हो। गीतमा लोकप्रिय सर्जक नवराज पन्तका मौलिक शब्दहरु छन् । त्यस्तै, लोकप्रिय सर्जक एवम् गायक वसन्त थापाको सुमधुर आवाजले सजिएको छ उक्त गीत। बसन्तलाई गायनमा नव गायिका निरुषा भट्टराई पाण्डेले साथ दिएकी छिन् ।
निरुषा गायनमा नयाँ हुन् । तर यो गीतमा उनको आवाज सुन्दा नयाँ जस्तो लाग्दैन। एउटा परिपक्व प्रोफेसनल गायिकाले गाए झैँ आभाष हुन्छ गीतमा निरुषाको आवाज सुन्दा। जे होस्, वसन्त र निरुषाको गायिकेर गीतमा मिठासयुक्त छ।
त्यस्तै, गीतमा शब्दको कुरा गर्नुपर्दा सर्जक नवराज पन्त अब्बल मानिन्छन् । उनी पनि संख्यात्मक भन्दा पनि गुणात्मक गीत सृजना गर्नुपर्छ भन्ने मान्यता राख्ने गीतकारमा पर्छन् । त्यसैले पनि यो गीतमा उनका शब्दहरु उत्कृष्ट छन् ।
गीतमा शब्द जति उत्कृष्ट र मौलिक छन् , मेलोडी पक्ष झन मौलिक अनि मेलोडियस छ। गीत सुन्दा संगीत सृजनामा खेमले निकै मिहेनत गरेको आभाष हुन्छ। गीतको म्युजिक अरेन्जमेन्ट कृष्ण केशीले सुन्दर तरिकाले गरेका छन् ।
जे होस् लोक संगीत क्षेत्रमा हस्तिका रुपमा चिनिने यी तिनै स्रष्टा (खेम, नवराज र वसन्त)को यो संयुक्त सहकार्यको आउटपुट गजब निस्किएको छ। गीतको बोल झैँ गीत पनि सलल बगेको छ भन्दा फरक पर्दैन।
अब कुरा गरौं गीतको भिडियोको बारेमा। त्यसो त अडियो झैँ दमदार बनेको छ भिडियो। निर्देशन एवम् डान्समा उम्दा मानिने लोकप्रिय डान्सर शंकर विसी र पछिल्लो समयकी लोकप्रिय मोडल गीता ढुंगानाको आकर्षक डान्स देख्न सकिन्छ भिडियोमा।
शंकर र गीताका अलवा वसन्त थापा र मोडल सारिका केशीको जोडीको पनि भिडियोमा डान्स छ। सुरुदेखि अन्त्यसम्म भिडियोले हेर्ने दर्शकको ध्यान खिच्छ। तर भिडियो इन्डोर छायांकन गरिएको भएर भिडियो मेकिङ खुम्चिएको होकि भन्ने भान हुन्छ भिडियो हेर्दा।
यदि आउटडोर छायांकन गरिएको भए भिडियोको मेकिङ झन उच्च देखिन्थ्यो। जसले दर्शकको ध्यान झन बढी आकर्षित पार्थ्यो। बुझिए अनुसार यो गीतको अडियो भिडियो तीजको लागि तयार गरिएको थियो रे। तीजमा विविध कारणबस रिलिज हुन नसकेपछि निर्माण टिमले गीतलाई सदावहार गीतको रुपमा रिलिज गरेको बताइएको छ। सायद त्यही भएर पनि होला भिडियोको इन्डोर छायांकन गरिएको ।
इन्डोर छायांकन गरिएतापनि भिडियोको मेकिङ गजब देखिएको छ। आकर्षक फ्रेममा करण चैसीरले भिडियो खिचेका छन् । भिडियोलाई शंकर बिसीले नै निर्देशन गरेका छन् । त्यस्तै भिडियोको सम्पादन भने विकाश ज्ञवालीले गरेका हुन् । भिडियो..