
नेपालगन्ज : त्यसो त, मोफसलमै बसेर म्युजिक भिडियो निर्देशन गर्नु निकै चुनौतीको विषय हो। आवश्यक उपकरण, जनशक्ति लगायतका कुराहरुको अभावले मोफसलमा सोचेजस्तो आउटपुट निकाल्न गाह्रो हुन्छ म्युजिक भिडियोमा।
तर यही कुरालाई चुनौती दिँदै विगत लामो समयदेखि नवराज सुवेदीले भने मोफसलमै बसेर म्युजिक भिडियो निर्देशन एवम् निर्माण गर्दै आइरहेका छन् । नेपालगन्जलाई कर्मथलो बनाएर म्युजिक फिल्डमा होमिएको उनको समय झन्डै एक दशक हुन थाल्यो। यतिका समयसम्म उनले दर्जनौं बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
डान्सर, कोरियोग्राफर हुँदै निर्देशनमा होमिएका नवराज पछिल्लो समय प्रायः म्युजिक भिडियो निर्देशनमै व्यस्त देखिन्छन् । उनी निर्देशित म्युजिक भिडियो प्रायः महिनैपिच्छे रिलिज हुनेगर्छन।
यसैबीच, नवराज निर्देशित एउटा नयाँ म्युजिक भिडियो भर्खरै रिलिज भएको छ। सोमबार रिलिज ‘पहेली बार’ बोलको म्युजिक भिडियो मोफसल (नेपालगन्ज) मै निर्माण गरिएको हो।
भिडियोमा समाबेश गीत चौधरी भाषामा आधारित रहेको छ। लोकप्रिय गायिका अन्नु चौधरी र गायक प्रमोद डिजीको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत उमेश मुस्कानले तयार पारेका हुन् । डान्सिङ प्याटर्नमा आधारित गीतको म्युजिक अरेन्जमेन्ट केशव बडुले गरेका छन् ।
गीतको अडियोसंगै भिडियो पनि दमदार बनेको छ।भिडियोमा कलाकार तिलक चदारा र रितु चौधरीको आकर्षक डान्स रहेको छ। तिलक र रितुको ठुम्का भिडियोमा देख्न सकिन्छ। बाँकेको आकर्षक गन्तव्यको रुपमा रहेको गाभर होमस्टेमा भिडियोको छायांकन गरिएको छ।
आकर्षक दृश्यले भरिएको छ भिडियो। तिलक र रितु नव कलाकार भएतापनि नवराजले गजब तरिकाले निर्देशन गरेका छन् । भिडियोका कोरियिग्राफर भरत शाही हुन् । आकर्षक फ्रेममा रामु चौधरीले खिचेको भिडियोलाई रामु स्वयंले सम्पादन गरेका छन् । भिडियो..