
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा जुनसुकै विधामा कलम चलाउन सिपालु युवा सर्जक हुन् सुरह गैह्रे ‘विवश’। आधुनिक, लोकगीत, लोकपप हुँदै चलचित्रका लागि समेत सुरजले गीत लेखिसकेका छन् । उनले लेखेका अधिकांश गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् ।
यसैबीच, अलि केही समयको अन्तराल पछि एउटा नयाँ गीत बजारमा ल्याएका छन् सुरजले। प्रायः अरुकै लगानीका गीत लेख्ने सुरजले यो पटक भने आफ्नै लगानीमा गीत बजारमा ल्याएका छन् ।
बजारमा रिलिज उनको नयाँ गीत हो ‘एउटा यस्तो मुर्ति’ बोलको गीत। जुन गीत तीन दिनअघि सुरजले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक अनुश अधिकारीको मनछुने आवाज सुन्न सकिन्छ।
उनका यस् अघिका गीत भन्दा केही फरक अनि कारुणिक शब्द सुरजले यस् गीतमा कोरेका छन् । एउटा छोराको वियोगान्त कुण्ठालाई सुरजले गीतमा उतारेका छन् । गीतका शब्द सुन्दा जोकोहीको मन भावुक हुन्छ।
आफू मरेर गएपनि जन्मदिने आमाले बाबू भनी बोलाउँदा बोल्ने मुर्ती बनाउन मन भएको कुरा सुरजले गीतमा लेखेका छन् ।
“लाउन मन छ दाउराको सिरानी
सेतो कफन ओढेर बिरानी
इतिहास बनोस् ,
एउटा यस्तो, मुर्ती बनाएर जान मन छ
आमाले छुँदै बाबू भन्दा
हजुर आमा भनोस”
यिनै शब्दहरु हुन् सुन्ने स्रोताको मन अनि मस्तिष्कमा हान्ने। अझै गीतको सुरुदेखि अन्तिमसम्म सुन्दै गयो भने मुटु नै छेड्ने खालका शब्दहरु सुनिन्छन।हो, सुरजको विशेषता नै यही हो कि गीत लेख्दा उनी गहिराईमा पुगेर लेख्छन् ।
त्यसो त, गीतको मेलोडी पनि निकै मर्मस्पर्शी छ। अनुश अधिकारी र सुरजले संयुक्त रुपमा मिलेर गीतको मेलोडी तयार पारेका हुन् । गीतको भाव अनुसार हेमन्त कान्छा रसाइलीले म्युजिक अरेन्जमेन्ट गरेका छन् । जसले गीतलाई झन उत्कृष्ट बनाउन निकै मद्दत गरेको छ।
गीतको अडियो सुन्दा जति मन भावुक बन्छ, भिडियो हेर्दा झन स्तब्ध भईन्छ। अनेकन समस्याले गुज्रीँदा डिप्रेसनमा गएको युवाको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।
कलाकार हिउवाला गौतम र बिमलेश अधिकारीको कारुणिक अभिनय भिडियोमा रहेको छ। हिउवाला गौताम आमाको भुमिकामा छिन् भने बिमलेश छोराको भुमिकामा। उनीहरूको जीवन्त अभिनयले भिडियो भरिएको छ। हिउवाला र बिमलेशका अलवा अन्जना रावत, उत्सव घोरासैनी लगायतका कलाकारहरुलाई पनि भिडियोना देख्न सकिन्छ।
प्रकाश धिताल भिडियोमा निर्देशक हुन् । उनले कथासंगै पात्रहरुको परिचालन भिडियो गजब तरिकाले गरेका छन् । उत्सव दाहालले अब्बल तरिकाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।
व्यवसायिक भन्दा पनि आफ्नो आत्मसन्तुष्टिका लागि यो गीत बजारमा ल्याएको सुरज बताउँछन् ।
‘मनैदेखि आफुलाई छोएको सृजना हो यो’, उनले फिल्मीपत्रको कुराकानीमा भने, ‘गीतले टन्नै भ्युज पाओस् भन्ने उद्देश भन्दा पनि मेरो फरक सृजना दर्शक स्रोतालाई सुनाउने उद्देश्यले यो गीत बजातमा ल्याएको हुँ। रिलिज भएको २/३ दिन भयो,जे होस् सुन्ने र हेर्ने जति दर्शक स्रोताबाट राम्रै प्रतिक्रिया मिलेको छ।’
त्यसो त, उनले शून्य सब्स्क्राइबर भएको च्यानलबाट यो गीत रिलिज गरेका हुन् । नयाँ च्यानल भएतापनि गीतले राम्रो भ्युजसंगै राम्रो प्रतिक्रिया पाएको छ।
सायद गीतको अडियो/भिडियो पक्ष अब्बल भएर होला युट्युबको कमेन्ट बक्समा सतप्रतिशत सकारात्मक कमेन्ट देख्न सकिन्छ। साँच्चिकै, गीतको भिडियो हेर्दा एउटा चलचित्र हेरेको जस्तो आभाष हुन्छ। भिडियोमा देखाइएको कथाले हेर्ने दर्शकको ध्यान सुरुदेखि अन्तिमसम्म खिच्छ। एउटा लोकगीतको भिडियोमा यस्ता कथा बिरलै देख्न पाइन्छ। भिडियो..