
नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा सांङ्गितिक बजारमा नयाँ नयाँ तीज गीतहरु आइरहेका छन् ।

यसैक्रममा, प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएका सर्जक खेमराज पौडेलको पनि नयाँ तीज गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक “ढुंगे छपनी” बोलको गीतमा बहुचर्चित गायक सुर्य खड्का र शिवा केसीको सुमधुर आवाज रहेको छ। गीतमा उदयमान सर्जक अर्जुन सुवेदीले शब्द लेखेका छन् भने लय सुर्य खड्काको नै रहेको छ।
पछिल्लो समयमा सार्वजनिक भइरहेका तीज गीतहरू भन्दा यो गीत केही फरक रहेको छ।गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ।
भिडियोमा चर्चित डान्सर शंकर बिसी र रबिना भण्डारीको दमदार डान्ससंगै अभिनय रहेको छ। भिडियोलाई दुर्गा पौडेलले खिचेका छन् भने नवीन घर्तिमगरले सम्पादन गरेका छन् । लोकप्रिय सर्जक केशव पौडेलको अफिसियल युटुव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..