
काठमाडौं : पछिल्लो समय म्युजिक भिडियो प्रोडक्सनमा राम्रो छाप छोड्न सफल प्रोडक्सन कम्पनी हो ‘बल्याक लाइट पिक्चर्स’। यो प्रोडक्सन कम्पनी संचानलमा आएको खासै समय भएको छैन। तर पनि आउटपुट भने राम्रो दिँदै आएकोले यसको छवि छुट्टै छ म्युजिक इन्डस्ट्रीमा।
यस कम्पनीका संचालक हुन् गायक एवम् कलाकार देवेन्द्र बब्लु र निर्देशक विशाल घिमिरे। कोरोनाका कारण नेपालमा भएको लकडाउनलाई सदुपयोग गर्दै करिब ३ वर्ष अगाडि देवेन्द्र र विशाल दुबै मिलेर ‘बल्याक लाइट पिक्चर्स’ नाम राख्दै काठमाडौंमा यो कम्पनी संचालमा ल्याएका हुन् ।

म्युजिक भिडियो प्रोडक्सनमा केही नयाँ अनि पृथकपन दिने उद्देश्यले संचालनमा आएको यस् कम्पनीले हालसम्म दर्जनौं म्युजिक भिडियो प्रोडक्सन गरिसकेको छ। यस् कम्पनीले गरेका पछिल्ला कामहरू निकै भर्सटाइल लाग्ने गर्छन् ।
यस् कम्पनीले उत्पादन गरेका प्रत्येक भिडियोमा नयाँ अनि फरकपन देख्न सकिन्छ। त्यसैले पनि होला प्रायः म्युजिक भिडियो निर्माता एवम् कलाकारहरुले यस कम्पनी मार्फत काम गर्न रुचाउने गर्छन् ।
त्यसो त, यसै कम्पनीका संचालक समेत रहेका कलाकार देवेन्द्र बब्लुले आफ्ना गीत यसै कम्पनी मार्फत बजारमा ल्याउने गर्छन् । उनले दर्जनौं बढी गीत आफ्नै कम्पनी मार्फत उत्पादन गरेर दर्शक स्रोतासामु ल्याइसकेका छन् । जसमध्ये देवेन्द्रका अधिकांश म्युजिक भिडियो अनि गीतहरू लोकप्रिय छन् ।
यसैबीच, देवेन्द्रले ‘बल्याक लाइट पिक्चर्स’ बाटै एउटा नयाँ गीत रिलिज गरेका छन् । बुधबार रिलिज ‘उडी गयौं’ बोलको म्युजिक भिडियो उक्त कम्पनी मार्फत बजारमा ल्याएका हुन् । गीतमा देवेन्द्र बब्लुकै शब्द, संगीत अनि स्वर रहेको छ। गीत सुन्दा जोकोहीको ध्यान केन्द्रित हुनेगर्छ।
अलिकति ट्र्याजिटी र अलिकति प्रेमिलपनलाई देवेन्द्रले गीतमा मिसाएका छन् । जुनै निकै सुन्दर छ। देवेन्द्रले बजारमा ल्याउने हरेक गीत फरक अनि उत्कृष्ट हुन्छन् । त्यसैले पनि दर्शक स्रोता उनका गीत बजारमा कहिले आउलान भनेर कुरेर बस्ने गर्छन् । रिलिज भएको नयाँ गीत पनि पृथक लाग्ने गर्छ।
देवेन्द्रले यस् अघि बजारमा ल्याएका गीतहरू भन्दा यो गीत पृथक लाग्छ। गीतमा देवेन्द्रको शब्द, संगीत अनि आवाज त अब्बल छ नै। भिडियोमा उनको लुक्स झन आकर्षक छ। सायद देवेन्द्र यस्तो लुक्समा पहिलोपटक भिडियोमा देखिएका हुन् ।
कपाल डेडलक गरेर देवेन्द्र भिडियोमा प्रस्तुत भएका छन् । भिडियोमा देवेन्द्रका अलवा खिम बहादुर क्षेत्री, शम्भु सेन थापा, मनोज बोहरा, सन्देश थपलिया, सुमन रसाइली लगायतलाई पनि देख्न सकिन्छ। हेर्दा भिडियो सामान्य छ। तर पनि आकर्षक बनाइएको छ।
भिडियोलाई आकर्षक फ्रेममा अनिल के मानन्धरले खिचेका हुन् । उसो त भिडियोका निर्देशक पनि अनिल नै हुन् । एसोसियट निर्देशकको रुपमा भने विशाल घिमिरे रहेका छन् । भिडियोलाई मजोज कार्कीले सम्पादन गरेका हुन् ।
थोरै बजेटमा भिडियो निर्माण गरिएको यसै भिडियोका एसोसियट निर्देशक विशाल घिमिरेले फिल्मीपत्रलाई जानकारी दिए। थोरै बजेटमा पनि राम्रो भिडियो निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यो गीतको भिडियोलाई मान्न सकिन्छ।
यस पटक दर्शक स्रोताले देवेन्द्रको गीतमा अडियो पृथक मात्रै पाएनन् , भिडियोमा देवेन्द्रको लुक्स पनि नयाँ पाए। जसले गर्दा दर्शकको ध्यान भिडियोले खिच्छ।
समग्रमा गीतको भिडियो हेरिरहँदा ‘बल्याक लाइट पिक्चर्स’ले गरेका अघिल्ला कामहरू भन्दा यो पटकको काम नयाँ अनि भिन्नै छ। त्यसैले पनि ‘बल्याक लाइट पिक्चर्स’ भर्सटाइल काम गर्न माहिर कम्पनी हो भन्दा फरक नपर्ला।