काठमाडौं : प्रायः नारीहरुको महान चाड तीजमा आफ्नो सृजना दर्शक स्रोतामाझ ल्याइरहने गायक एवम् सर्जक हुन् प्रेम सापकोटा ‘सोनु’। कहिले नारीका पीडा त कहिले माया प्रेमका कुरा तीज गीतमा उतार्ने उनले यो वर्ष पनि एउटा नयाँ तीज गीत रिलिज गरेका छन् ।
केही दिन अघि रिलिज ‘मुग्लिनको बाटो’ बोलको तीज गीतमा प्रेमको सुमधुर आवाह रहेको छ। उसो त प्रेमका अलवा लोकप्रिय गायिका रचना रिमाल र गायक दिनेश केसीको पनि सुमधुर आवाज गीतमा सुन्न सकिन्छ।
गीतमा प्रेमकै शब्द अनि संगीत रहेको छ। गीतको थेगो भने दिनेश केसीको हो। गीतको अडियो सुन्दा जोकोहीलाई पनि नाँचौनाँचौ लाग्नेगर्छ।
त्यसो त, गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा अर्जुन सापकोटा र सन्चिता बोलाखेको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् ।
आकर्षक फ्रेममा विजय लामाले खिचेको भिडियोलाई सतिश श्रेष्ठले सम्पादन गरेका हुन् ।भिडियो मायालु रोधी घरको युट्युब च्यानलबाट रिलिज गरिएको हो।
बसाई जापान भएपनि गीत संगीतमा भने प्रेमको निरन्तरता अगाडि बढीरहेको छ। लामो समय भयो प्रेम जापान बस्न थालेको। बसाई जापान भएपनि उनको मन भने गीत संगीतमै हुन्छ।