सृजना देवकोटाको आवाजमा मौलिक तीज गीत ‘स्वामी राजा’ सार्वजनिक

काठमाडौं : नव गायिका सृजना देवकोटाको आवाज रहेको नयाँ तीज गीत बजारमा सार्वजनिक भएको छ। केही हप्ता अघि सार्वजनिक ‘स्वामी राजा’ बोलको तीज गीतमा सृजनाको सुमधुर आवाज सुन्न सकिन्छ।

गीतमा सर्जक बिपिन खड्काको शब्द अनि संगीत रहेको छ। गीतलाई आकाश मगरले अरेन्ज गरेका हुन् । गीत एकदम मौलिक छ। बजारमा आइरहेका तीज गीत भन्दा यो गीत अलि भिन्नै छ। गीतको मेलोडी जति मौलिक छ, सृजनाको गायिकी पनि उत्तिकै मौलिक सुनिएको छ।

विगत लामो समयदेखि म्युजिक भिडियो निर्माण गर्दै आइरहेको उज्यालो मिसन मिडिया प्रालि नेपालगन्जले गीतको अडियो भिडियो निर्माण गरेको हो। नेपालगन्ज मै छायांकन गरिएको भिडियोमा नव कलाकार सन्ध्या थापाको आकर्षक नृत्य देख्न सकिन्छ।

भिडियोलाई बिपिन खड्काले निर्देशन गरेका हुन् ।भने, कोरियोग्राफी प्रशंसा गौतमले गरेकी छन् । आकर्षक फ्रेममा निर्मल बुढाले खिचेको भिडियोलाई बिपिन स्वयंले सम्पादन गरेका छन् ।

गीतको भिडियो ‘उज्यालो रंगमञ्च’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो..

https://youtu.be/-ezLCzc_h7o

प्रतिक्रिया

TOP