मौलिकपन नछोड्ने रवि कार्की : फेरि गाए मौलिक गीत ‘हाँस्ने बोल्ने’

काठमाडौं : निरन्तर मौलिक लोक दोहोरी गीत गाउँदै नेपाली सांगीतिक क्षेत्रमा सहयात्रा गरिरहेका गायक हुन् रवि कार्की। आफुले सृजना गर्ने अथवा गाउने गीतमा मौलिकपन मिसाउन माहिर रविले हालसालै मात्रै एउटा नयाँ मौलिक गीत रिलिज गरेका छन् ।

केही दिन अघि रिलिज भएको ‘हाँस्ने बोल्ने’ बोलको गीतमा रविको मौलिक एवम् सुमधुर आवाज रहेको छ। रविका अलवा गीतमा गायिका दिलु मगरको पनि सुमधुर आवाज सुन्न सकिन्छ।

गीतमा प्रविन खत्री ‘ठुले’को शब्द रहेको छ भने संगीत रवि कै रहेको छ। गीतको अडियो एकदम मौलिक छ। त्यसो त भिडियोमा पनि त्यस्तो कुनै तडकभडक छैन।

गीतको भिडियो एकदम सामान्य बनाइएको छ। गीतको अडियो सुन्दा जति मौलिक लाग्छ, भिडियो झन आकर्षकरुपमा मौलिक लाग्ने गर्छ।

भिडियोमा कलाकार निक्स शर्मा र रुबिना अधिकारी लगायतको अभिनय रहेको छ। एउटा लाहुरे लाहुरबाट गाउँमा फर्किएको समयमा साँखपख रोधी बसेर गरिने रमाइलोपनलाई भिडियो देखाइएको छ। भिडियो यस् कारणले पनि मौलिक लाग्ने गर्छ।

भिडियोलाई कुमार केशीले निर्देशन गरेका छन् । आकर्षक फ्रेममा शिव शरण न्यौपानेले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । गीत गायक रवि कार्कीको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको हो।

पछिल्लो समय तीजका गीतहरू रिलिज भइरहेको समयमा यो गीतको टिमले पनि जोखिम मोलेरै गीत रिलिज गरेको हो।

जे होस् , मौलिक गीत रिलिज गर्नको लागि कुनै ठ्याक्कै समयको आवश्यक नहुने बताउँछन् यस गीतका गायक कार्की। त्यसो त, यो गीत व्यवसायीक हिसावले भन्दा पनि सन्तुष्टि र गीत संगीतमा निरन्तरताको लागि बजारमा ल्याएको रविको भनाइ छ। भिडियो..

प्रतिक्रिया

TOP