चौतर्फी चर्चासहित भागिरथको ‘झमझम झम्काना’ युट्युबको शिर्ष स्थानमा

काठमाडौं : लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ गीत युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको छ। केही दिन अघि रिलिज भएको तीज गीत ‘झमझम झम्काना’ यतिबेला युट्युबको ट्रेन्डिङको एक नम्बरमा रहेको छ।

भागिरथ चलाउने र सुनिता बुढाको सुमधुर आवाज रहेको गीतमा भागिरथकै संगीत रहेको छ। गीतक शब्द भने बोम बहादुर गाहा मगरले लेखेका हुन् ।

यो वर्ष हालसम्म बजारमा आएका तीज गीत मध्ये एकदम पृथक लाग्ने उक्त गीतलाई रुचाउने दर्शक स्रोताको संख्या दिनानुदिन बढिरहेको छ। गीतले चौतर्फी चर्चासंगै तारिफ पनि बटुल्न सफल भएको छ।

यो समाचार तयार पार्दासम्म गीतले रिलिज भएको ४ दिनको अवधिमा ७ लाख २४ हजार बढी भ्युज युट्युमा प्राप्त गरेको छ। त्यस्तै, गीतलाई ४ हजार बढी सकारात्मक कमेन्ट पनि मिलेको छ युट्युबमा।भने, करिब २७ हजार बढीले लाइक पनि गरेका छन् ।

झट्ट सुन्दा गीतको अडियो जति मेलोडियस लाग्छ, भिडियो झन आकर्षक बनेको छ। सायद अडियो भिडियो दुबै अब्बल भएर होला गीतले ट्रेन्डिङको उकालो चढेको। भारिरथ र मोडल गीता ढुंगानालाई छमछमी नाचेको भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । आकर्षक फ्रेममा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीत भागिरथ चलाउनेको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

रिलिज भएको दिनदेखि नै टिकटकमा चर्चा बटुल्न थालेको उक्त गीत यतिबेला टिकटकमा झन चर्चित बनेको छ। छोटो समयमै लाखौं टिकटक भिडियो समेत बनिसकेका छन् ।

यसरी छोटो समयमै गीतले दर्शक स्रोताको अथाह माया पाउँदा आफू निकै हर्षित भएको बताउँछन् भागिरथ। दर्शक स्रोताको यो मायाले झनै अब्बल गीत सृजना गर्ने हौसमा मिलेको पनि उनको भनाइ छ।

त्यसो त, भागिरथका हजारौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय छन् । गत वर्ष पनि भागिरथको ‘थोपडाले धोका दियो’ बोलको तीज गीतले एकछत्र राज गर्न सफल भएको थियो।

नयाँ गीत ‘झमझम झम्काना’लाई दर्शक स्रोताले दिएको माया अनि साथ देख्दा यो वर्ष पनि भागिरथकै तीज गीतले राज गर्ने आंकलन सहजै लगाउन सकिन्छ।

प्रतिक्रिया

TOP