
काठमाडौं : डिजिटल पत्रकारिता मार्फत आफ्नो छुट्टै पहिचान बनाएका पत्रकार सविन क्षेत्रीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । नेपाली चेलीहरुको महान चाडको रुपमा लिइने तीजलाई लक्षित गर्दै सविनले ‘साइली सुलुत्तै’ बोलको तीज गीत मंगलबार रिलिज गरेका हुन् ।
लेकडाइड टिभीको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको गीतमा दिपक घर्तीमगर र ओम सेन्चुरीको आवाज रहेको छ। गीतको शब्द सन्तोष पक्कुले लेखेका हुन् भने संगीत चाहिँ संकलन गरिएको छ।
गीतमा पश्चिमतिर गाउँघरमा गाइने भाकालाई समावेश गरिएको छ। यस्तै, गीतको भिडियोको कुरा गर्नुपर्दा स्वयं सविन पनि भिडियोमा देखिएका छन् । सविनका अलवा दिपिका दुलाल, शिवाङ्गी क्षेत्री र दिपक घर्तीमगरलाई पनि भिडियोमा देख्न सकिन्छ।
भिडियोको निर्देशन भने सविन स्वयंले गरेका छन् । सुमित तामाङको टिमले खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो..