काठमाडौं : नाबालिक गायिकामाथि जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न अदालतले आदेश दिएको छ।
दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएलगत्तै बिहीबार उच्च अदालत पोखराले जिल्ला अदालतको आदेशलाई सदर गर्दै शाहलाई थुनामै राख्न आदेश दिएको हो।
न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र उज्वल शुक्लाको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।
उच्च अदालत पोखराले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
पललाई १७ वर्षीय नाबालिक गायिकाले गत फाल्गुन ११ गते आफुमाथि जबर्जस्ति करणी गरेको भन्दै गैंडाकोटमा उजुरी दिएकी थिइन् । उजुरी पश्चात् पल फाल्गुन १५ गते प्रहरी सामु आफै उपस्थित भएका थिए।