
काठमाडौं : लोकप्रिय नायक प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को टिजर रिलिज गरिएको छ। मंगलबार निर्माण टिमले डार मुभिजको युट्युब च्यानबाट टिजर रिलिज गरेको हो।
सार्वजनिक १ मिनेट ४५ सेकेन्डको टिजरमा नायक प्रदीप खड्का र नायिका दिया मास्केलाई देखाइएको छ। प्रदीप र दियाको लुक्स भिन्नै छ। अझ भनौं उनीहरुको लुक्स कर्णाली प्रदेशको ग्रामीण जनजीवनको झैं छ। त्यसो त टिजरमा उनीहरूको लवज पनि कर्णाली प्रदेशकै छ।
झट्ट टिजर हेर्दा प्रदीप र दियाको अभिनय निकै कारुणिक लाग्छ। एउटा गाउँले केटोको शिक्षक बन्नको लागि गरिरहेको संघर्षको कथाको छनक दिन्छ टिजरले। गाउँले भेष अनि गाउँको अर्गानिक बोलचालीलाई दिया र प्रदीपले निकै न्याय दिएका छन् ।
टिजरमा दिया र प्रदीप आमा छोराको भुमिकामा देखिएका छन् । जहाँ प्रदीपकि आमा दियाले जनयुद्धमा बेपत्ता आफ्ना श्रीमानको प्रतिक्षामा कारुणिक जीवन गुजारिरहेकी हुन्छिन् । टिजरले मात्रै हेर्ने दर्शकको मन भावुक बनाउँछ। कर्णाली प्रदेशको मौलिक लोक भाकालाई टिजरको पृष्ठभुमिमा समावेश गरिएको छ। जुन भाका निकै मनछुने सुनिएको छ।
प्रदीप यस्तो भिन्नै लुक्समा पहिलोपटक देखिएका हुन् । त्यसो त, पोस्टर रिलिज भए लगत्तै यस् चलचित्रको चर्चा निकै चुकिएको थियो।
निर्देशक दिनेश राउत निर्देशित यो चलचित्र आगामी भाद्र १० गतेबाट प्रदर्शन आउने छ। चलचित्रका लेखक विकाश सुवेदी हुन् । चलचित्रमा सामाजिक अनि अर्गानिक कथालाई उठाइएको छ। एक युवा शिक्षक बन्नको लागि के के संघर्ष गर्दछ अनि कस्तो उतारचढाव आउँछ भन्ने कथा विशेषतः चलचित्रले प्रस्तुत गरेको छ।
चलचित्रमा प्रदीप र दियाका अलवा प्रकाश घिमिरे, निरज पन्थी, रामबाबु रेग्मी, रेनु योगी, गोबिन्द सुनुवार लगायतका कलाकारहरुको अभिनय रहेको छ। एलिश कार्की, तारा प्रकाश लिम्बू, दिपक शर्मा र सुभाष भुसालको संगीत चलचित्रमा रहेको छ।
त्यस्तै, केतेन क्षेत्री, धुर्व बिस्को र रेखा जोशीको गायन चलचित्रमा समाबेश छ। महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रका सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।
चलचित्रलाई जुम्लाका विभिन्न स्थानमा आकर्षक फ्रेममा राजेश श्रेष्ठले खिचेका हुन् ।भने, जीवन थापाले सम्पादन गरेका हुन् ।
बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई आरआर फिल्मसका रोहित कट्टेल र रन्त श्रेष्ठले वितरण गर्नेछन् । लामो समयपछि यस् चलचित्र मार्फत दर्शक सामु आउन लागेका प्रदीपलाई चलचित्रमा दर्शकले कत्तिको रुचाउँछन् त्यो त रिलिज पछि थाहा होला। टिजर..