
काठमाडौं : दर्शकमाझ अत्याधिक प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति तोकिएको छ।
लोकप्रिय नायक प्रदीप खड्का र नायिका क्रीष्टिना गुरुङको मुख्य अभिनय रहेको चलचित्र आगामी दशैमा रिलिज हुनेभएको छ। आइतबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै असोज ७ गते रिलिज गरिने औपचारिक जानकारी दिएको हो।
कोरोनाका कारण यस् चलचित्र रिलिजमा आउन सकेको थिएन। त्यही कोरोना कै कारणले दुईपटक सम्म चलचित्रको रिलिज मिति स्थगित गरिएको थियो।
अन्ततः निर्माण टिमले दशैको छेको पारेर चलचित्र रिलिज गर्न तम्सिएको छ। यता दर्शक पनि चलचित्र रिलिज हुने पक्क भएपछि निकै उत्साहित भएका छन् ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप र क्रीष्टिनाका अलवा कलाकार शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ।
यसै चलचित्रबाट नायिकाको रुपमा क्रीष्टिना गुरुङले डेव्यु गर्दैछिन। अडिसनबाट निर्माण टिमले उनलाई छानेको थियो।
प्रेमकथामा आधारित चलचित्रका निर्माता पनि स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेन हुन् । यस् अघिका सिरिजलाई दर्शकले अत्याधिक रुचाएका थिए। तर यस् तेस्रो सिरिजलाई कत्ति रुचाउने हुन् त्यो त रिलिज मिति नै कुर्नुपर्ने हुन्छ।