रोशा फुयालको नयाँ गीत “झोला” रिलिज

काठमाडौं : पछिल्लो समय गायन रियालिटी शो “सारेगम लिटिल च्याम्स”बाट चर्चामा आएकी नव गायिका हुन् रोशा फुयाल। सुमधुर आवाजले दर्शक स्रोताको ध्यान खिच्न सफल रोशाले पछिल्लो समय नयाँ अफिसियल गीतमा आवाज भर्ने काम गरिरहेकी छिन् ।

त्यसो त, उनको आवाज रहेका गीतहरू पनि रिलिज हुनेक्रम शुरु भइसकेको छ। यसैबीच, उनको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज “झोला” बोलको गीतमा रोशाको सुमधुर आवाज सुन्न सकिन्छ।

गीतमा लोकप्रिय संगीतकार बिबि अनुरागीको संगीत रहेको छ।भने, शब्द सुमन श्रापितले लेखेका छन् । सुन्ने जोकोहीको मन गीतले छुने गर्छ।

गीतको भिडियो भने लिप्सिङ भर्सन बनाइएको छ। भिडियोमा स्वयं रोशा फिचर्ड छिन् । भिडियोलाई गोबिन्द अनेकले खिचेका हुन् ।भने सम्पादन ताराकान्त बिकले गरेका हुन् ।

प्रतिक्रिया

TOP