ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुले विभिन्न प्रकारका तीज गीतहरु बजारमा ल्याइरहेका छन् । गत वर्षको भन्दा यस वर्ष नेपाली समाजलाई प्रतिनिधित्व गर्ने मौलिक तीज गीतहरू एकदमै थोरै सार्वजनिक भएका छन् ।
यसैक्रममा, मौलिकपनलाई समेट्दै गायिका तथा उद्घोषिका शितल शर्माले एउटा नयाँ तीज गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार सार्वजनिक “शितलु” बोलको गीतमा गायक प्रकाश पराजुली र शितल शर्माको सुमधुर आवाज रहेको छ। गीतमा लोकप्रिय सर्जक नवराज पन्तले शब्द कोरेका छन् भने प्रकाश पराजुलीले संगीत दिएका छन् ।
पछिल्लो समय बजारमा आइरहेका तीज गीत मध्य बिल्कुलै फरक अनि मौलिकपन झल्किने उक्त गीतमा सामाजिक कथा वस्तुलाई समेटिएको छ। आफुलाई जन्म दिने आमाको निधनपछि घरमा बुवाले सौतेनी आमा ल्याउँदा, दिदी-भाइले सौतेनी आमाबाट पाउने तुच्छ व्यवहार र पिडालाई गीतमा उत्कृष्ट तरिकाले उठान गरिएको छ।
गीतका प्रत्येक शब्दले मन छुन्छन। गीतमा लय अनि स्वर पनि त्यतिकै मनछुने रहेको छ। गीतको अडियो सुन्ने जोकोहीको मन भावुक पनि हुने गर्छ।
गीतको भाव अनुसार भिडियो पनि त्यतिकै आकर्षक अनि उत्कृष्ट बनेको छ। गीतमा गायक-गायिका स्वयं शितल र प्रकाशको अभिनय रहेको छ। उनीहरू गायिकीसंगै अभिनयमा पनि उत्तिकै अब्बल देखिएका छन् । भिडियोमा शितल र प्रकाश अलवा शिवन पोखरेल, गरिमा शर्मा, रबिन लामिछाने, निरु खड्का, खेम नेपाली लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।
भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । करण चैसिरले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियो गायिका शितल शर्माको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…